महिला फुटबल प्रतियोगिताको तयारी पूरा
वि.सं.२०८१ फागुन ४ आइतवार १७:५०
1.4K
shares
काठमाडौं: सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भएको छ । प्रतियोगितालाई एएफसी वुमेन्स एसियन कप र फिफा वुमन्स विश्वकपको छनोटको तयारीको रुपमा लिएको एन्फाको भनाइ छ ।
प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा प्रशिक्षण भईरहेको छ ।

प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानका प्रशिक्षक तथा टिम क्याप्टेनले प्रतियोगिता जित्नेमा आफु ढुक्क रहेको आज पत्रकार सम्मलेन मार्फत जानकारी गराएका छन् ।
प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ ।

प्रतियोगिताको टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ, टिकेटिङ, डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिकलाई प्रदान गरिएको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ १००० तोकिएकोए छ । प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख रूपैयाँ रहेको छ ।

प्रतियोगिताको लिग चरण र फाइनल गरी ९ दिनमा ४ दिन म्याच डे हुनेछन् । नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ । लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ ।
खेल तालिकाः
फागुन ५ गते
म्यानमार विरुद्ध लेवनान : दिउँस २ बजे
नेपाल विरुद्ध किर्गिस्तान : साँझ ६ बजे
फागुन ८ गते
किर्गिस्तान विरुद्ध म्यानमार : दिउँस २ बजे
नेपाल विरुद्ध लेवनान : साँझ ६ बजे
फागुन ११ गते
किर्गिस्तान विरुद्ध लेवनान : दिउँस २ बजे
नेपाल विरुद्ध म्यानमार : साँझ ६ बजे
फागुन १४ गते
फाइनल: साँझ ६ बजे
वि.सं.२०८१ फागुन ४ आइतवार १७:५०




















