YouTube Link

महिला फुटबल टोलीकी स्टार स्टाइकर ‘साम्बा’ नेपाल फर्किँदै

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ आज नेपाल फर्किँदै छिन् । उनी एअर इन्डिया मार्फत स्वदेश फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उनी सोमबार बिहान मात्रै नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।

सोमबारदेखि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गर्दै छ । उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग खेल्नेछ । साम्बाको टोलीले अभान्ट ग्वेन्ग्याम्पको शनिबार फ्रान्सको शीर्ष श्रेणीको लिगमा खेल थियो । उनको टोली रेलिगेसन जोनमा रहेको हुँदा क्लबले ढिला गरेर फुकुवा गरेसँगै उनी स्वदेश फर्किन ढिला भएको हो ।

लामो यात्रा गर्नुपर्ने भएको कारण साम्बाले किर्गिस्तानसँगको पहिलो खेल गुमाउने सम्भावना प्रबल रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए । ‘साम्बा अलिक ढिला गरेर आउने छ । त्यसैले उसले पहिलो खेल खेल्न सक्दैन होला,’ उनले भने । नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी छन् । तर, उनको टोलीले लिगमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...