महिला यु-२० बंगालादेशमा र पुरुष यु-१९ भारतमा आयोजना हुने

वि.सं.२०८१ मंसिर ६ बिहीवार ०९:५१
936
shares
काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यु-२० महिला च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले पाएको छ भने यु-१९ पुरुष च्याम्पियनसिप भारतले पाएको छ ।
प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ । यु-२० महिला च्याम्पियनसिप माघ २९ देखि फागुन ७ गते (फेब्रुअरी ११- २५) सम्म हुनेछ । नेपालले प्रीति राईको कप्तानीमा गत वर्ष पछिल्लो संस्करण खेलेको थियो । नेपाल फाइनलमा आयोजक बंगालादेशसँग पराजित भएको थियो ।
यु-१९ पुरुष च्याम्पियनसिपमा अर्को वर्ष कात्तिक १९ देखि २९ गते (२०२५ नोभेम्बर ५-१५) सम्म हुनेछ । दुई पटकको विजेता नेपाल गत वर्ष घरेलु मैदानमा च्याम्पियनसिप आयोजना हुँदा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको थियो ।

वि.सं.२०८१ मंसिर ६ बिहीवार ०९:५१