Health Ad
YouTube Link

उपनिर्वाचनका लागि उम्मेदवारी दिएका ४१० मध्ये ३१ जनाको उम्मेदवारी फिर्ता, तीन पदमा निर्विरोध

Khanepani Dhal
Facebook Link

काठमाडौं: आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका ४१० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ र १२१ स्वतन्त्र उम्मेदवार गरी कुल ४१० जनाको मनोनयनपत्र दर्ता भएको थियो । तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भए । यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भए ।

 

उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टीले कुनैपनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । निर्वाचन कार्यक्रम अनुसार यही मङ्सिर ६ देखि १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् ।

 

मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ। मङ्सिर १६ गते आइतवार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...