YouTube Link

नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरियो

Facebook Link

काठमाडौं: नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरिएको हो । नेपाले पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताबाट बाहिरिएको हो ।

 

भारतले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क पनि बनाउन सकेनन् । दोस्रो ओभरमा नै नेपालले ओपनर सम्झना खड्कालाई गुमाएको थियो । उनी ७ रन बनाएर अरुणधती रेड्डीको बलमा बोल्ड भएकी थिइन् । कविता कुँवर पनि ६ रन मात्र बनाएर पाँचौं ओभरमा रेणुका सिंहको शिकार बनिन् ।

 

कप्तान इन्दु वर्माले मध्यम सुरुवात पाएको थिइन् । तर १०औं ओभरमा उनलाई राधा यादवले शफाली वर्माको हातबाट क्याच आउट गराइन् । इन्दुले १८ बल खेल्दै १४ रन जोडेकी हुन् । ओपनर सिता राना मगरलाई अरुणधतीले ११औं ओभरमा बोल्ड गरिन् । सिताले आउट हुनुअघि २२ बलमा ३ चौका सहित १८ रन जोडिन् । १४औं ओभरमा दीप्ति शर्माले दुई विकेट लिन सफल भइन् । उनले रुबिना क्षेत्री र कविता जोशीलाई आउट गरेकी थिईन् । रुबिनाले १६ बलमा १५ रन बनाइन् । कविता भने शून्यमै आउट भइन् ।

 

पूजा महतो पनि २ रन मात्र जोड्न सफल रहिन् । १२ बल खेल्दै उनी १५औं ओभरको अन्तिम बलमा रनआउट भएकी थिइन् । डली भट्ट राधा यादवद्वारा पेभेलियन फर्काइनु अघि ५ रन बनाइन् । काजल श्रेष्ठलाई दीप्तिले अन्तिम ओभरमा ३ रन बनाएको अवस्थामा कट एण्ड बोल्ड आउट गरिन् । बिन्दु रावल १७ र सबनम राई १ रनमा अविजित रहे । भारतका लागि दीप्ति शर्माले ३, राधा यादव र अरुणधती रेड्डीले समान २-२ तथा रेणुका सिंहले १ विकेट लिइन् ।

 

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् । यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् । नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...