YouTube Link

नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरियो

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरिएको हो । नेपाले पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताबाट बाहिरिएको हो ।

 

भारतले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क पनि बनाउन सकेनन् । दोस्रो ओभरमा नै नेपालले ओपनर सम्झना खड्कालाई गुमाएको थियो । उनी ७ रन बनाएर अरुणधती रेड्डीको बलमा बोल्ड भएकी थिइन् । कविता कुँवर पनि ६ रन मात्र बनाएर पाँचौं ओभरमा रेणुका सिंहको शिकार बनिन् ।

 

कप्तान इन्दु वर्माले मध्यम सुरुवात पाएको थिइन् । तर १०औं ओभरमा उनलाई राधा यादवले शफाली वर्माको हातबाट क्याच आउट गराइन् । इन्दुले १८ बल खेल्दै १४ रन जोडेकी हुन् । ओपनर सिता राना मगरलाई अरुणधतीले ११औं ओभरमा बोल्ड गरिन् । सिताले आउट हुनुअघि २२ बलमा ३ चौका सहित १८ रन जोडिन् । १४औं ओभरमा दीप्ति शर्माले दुई विकेट लिन सफल भइन् । उनले रुबिना क्षेत्री र कविता जोशीलाई आउट गरेकी थिईन् । रुबिनाले १६ बलमा १५ रन बनाइन् । कविता भने शून्यमै आउट भइन् ।

 

पूजा महतो पनि २ रन मात्र जोड्न सफल रहिन् । १२ बल खेल्दै उनी १५औं ओभरको अन्तिम बलमा रनआउट भएकी थिइन् । डली भट्ट राधा यादवद्वारा पेभेलियन फर्काइनु अघि ५ रन बनाइन् । काजल श्रेष्ठलाई दीप्तिले अन्तिम ओभरमा ३ रन बनाएको अवस्थामा कट एण्ड बोल्ड आउट गरिन् । बिन्दु रावल १७ र सबनम राई १ रनमा अविजित रहे । भारतका लागि दीप्ति शर्माले ३, राधा यादव र अरुणधती रेड्डीले समान २-२ तथा रेणुका सिंहले १ विकेट लिइन् ।

 

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् । यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् । नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...