YouTube Link

नेदरल्याण्ड्स र टर्की युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश

Facebook Link

 

एजेन्सी: रोमानियालाई नेदरल्याण्ड्स र टर्कीले अष्ट्रियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको पहिलो खेलमा नेदरल्याण्ड्सले रोमानियालई ३-० गोल अन्तरले पराजित गरेको हो ।

 

खेलको २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे ।

 

 

त्यसैगरी गएराति नै भएको दोस्रो खेलमा अष्ट्रियालाई २-१ गोल अन्तरले हराउँदै टर्की क्वार्टरफाईनलमा प्रवेश गरेको छ । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन ।

 

खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६६औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । ६६औं मिनेटमा अष्ट्रियाले गोल फर्कायो । माइकल ग्रेगोरिस्चले क्लियर हुन नसकेको बलमा गोल गर्दै खेलमा फर्काए ।

 

 

अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्दै निर्वाचन आयोग

देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्दै निर्वाचन आयोग

वि.सं.२०८२ मंसिर २४ बुधवार ०७:५१

काठमाडौं: निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन...

इलिमिनेटरमा आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै

इलिमिनेटरमा आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै

वि.सं.२०८२ मंसिर २४ बुधवार ०७:४०

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु गुर्खाज र...

हेर्नुहोस् आज २०८२ मंसिर २४ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर २४ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर २४ बुधवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कामनपा वडा नम्बर ६ ले गर्यो खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान

कामनपा वडा नम्बर ६ ले गर्यो खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान

वि.सं.२०८२ मंसिर २३ मंगलवार १३:१९

काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुवन...

पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

वि.सं.२०८२ मंसिर २३ मंगलवार ०८:५५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम...

इस्ट बंगालको सानदार जित, कराँची र नासरिनले खेले बराबरी

इस्ट बंगालको सानदार जित, कराँची र नासरिनले खेले बराबरी

वि.सं.२०८२ मंसिर २३ मंगलवार ०८:३३

काठमाडौं: साफ क्लब महिला च्याम्पियनसिप अन्तर्गत सोमबार भएको खेलमा भारतको...