YouTube Link

अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश

Facebook Link

 

काठमाडौं: अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत आइसिसी टि-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा अस्ट्रेलिया २४ रनले पराजित भएको हो । योसँगै अस्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

 

यस समूहबाट ६ अंकसहित भारत शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ । भारतले फाइनल प्रवेशका लागि इङ्ल्यान्डसँग खेल्ने छ । सुपर ‘एट’को अन्तिम खेलमा बंगलादेशले अफगानिस्तानलाई हराए अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ ।

 

तीन खेलबाट दुई अंक जोडेको अस्ट्रेलियाको रन रेट ०.२२३ रहेको छ । समान खेलबाट समान अंक जोडेको अफगानिस्तानको रन रेट -०.६५० रहेको छ भने बंगलादेश अंकविहीन रहेको छ । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन मात्रै बनाउन सक्यो ।

 

अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए । ४३ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान मिचेल मार्स ३७, ग्लेन म्याक्सेवल २० र टिम डेभिड १५ रनमा आउट हुँदा प्याट कमिन्स ११ र मिचेल स्टार्क चार रनमा अविजित रहे । भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिँदा जसप्रीत बुमराह र अक्षर पटेलले समान एक विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बल खेलेका उनले सात चौका र आठ छक्का प्रहार गरे । सूर्यकुमार यादव ३१, शिवम दुबे २८ र ऋषभ पन्त १५ रनमा आउट हुँदा हार्दिक पाण्ड्या २७ र रविन्द्र जडेजा नौ रनमा अविजित रहे । अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई विकेट लिए । जोश हेजलवुडको नाममा एक विकेट रह्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...