YouTube Link

नेदरल्यान्ड्स र फ्रान्सले बराबरी खेल्दै अंक बाँडे

Facebook Link

 

एजेन्सी: नेदरल्यान्ड्स र फ्रान्सले युरोकप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा अंक बाड्न बाध्य बन्यो ।

 

यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरेपनि रेफ्री र भिडियो सहायता रेफ्री (भिएआर) को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्न पुग्यो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ । तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो ।

 

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तानी गरिरहेका एन्टोइन ग्रिजमनले पहिलो हाफमा चार आक्रमण बुनेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । त्यसपछि पनि खेलमा फ्रान्सले दवाव जारी राख्यो । नेदरल्यान्ड्सका लागि खेलको ६९औं मिनेटमा युवा स्टार जाभी सिमोन्सले सानदार गोल गरेपनि उक्त गोलले मान्यता पाएन । उक्त गोलको मुभमा डेन्जेल डम्फ्रिज गोलरक्षक म्याग्नानको छेउमै रहेपछि उक्त गोललाई भिएआरले मान्यता दिएन ।

 

दुबै टोलीको दुई खेल पछि ४ अंक पुगेको छ । गोल अन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । आब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...