YouTube Link

नेदरल्यान्ड्स र फ्रान्सले बराबरी खेल्दै अंक बाँडे

Facebook Link

 

एजेन्सी: नेदरल्यान्ड्स र फ्रान्सले युरोकप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा अंक बाड्न बाध्य बन्यो ।

 

यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरेपनि रेफ्री र भिडियो सहायता रेफ्री (भिएआर) को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्न पुग्यो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ । तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो ।

 

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तानी गरिरहेका एन्टोइन ग्रिजमनले पहिलो हाफमा चार आक्रमण बुनेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । त्यसपछि पनि खेलमा फ्रान्सले दवाव जारी राख्यो । नेदरल्यान्ड्सका लागि खेलको ६९औं मिनेटमा युवा स्टार जाभी सिमोन्सले सानदार गोल गरेपनि उक्त गोलले मान्यता पाएन । उक्त गोलको मुभमा डेन्जेल डम्फ्रिज गोलरक्षक म्याग्नानको छेउमै रहेपछि उक्त गोललाई भिएआरले मान्यता दिएन ।

 

दुबै टोलीको दुई खेल पछि ४ अंक पुगेको छ । गोल अन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । आब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...