YouTube Link

पोल्यान्ड बन्यो युरोकपबाट बाहिरिने पहिलो राष्ट्र

Facebook Link

 

एजेन्सी:  पोल्यान्ड युरोकप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रियासँग ३-१ को हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो । अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले गोल गरे ।

 

पोल्यान्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काए । खेलको ९औं मिनेटमा नै गेर्नोट ट्राउनरको गोलबाट अस्ट्रियाले खेलमा अग्रता कायम गर्यो । ३०औं मिनेटमा क्रिस्जटोफ पिएटेकले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अस्ट्रियाले दोस्रो हाफमा दुई गोल थप्दै जित सुनिश्चित गर्यो ।

 

खेलको ६६औं मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई २–१ ले अघि बढाए । ७८औं मिनेटमा मार्को एर्नाउटोभिकले पेनाल्टीमा गोल गर्दै अस्ट्रियाको जित पक्का गरे । यस जितले अस्ट्रियाको दुई खेलबाट ३ अंक पुगेको छ । समान खेलबाटै पोल्यान्डले अंक जोड्न सकेको छैन । यो समूहमा नेदरल्यान्ड्स र फ्रान्सको समान ४ अंक छ । अब समूह चरणको अन्तिम खेलमा अस्ट्रियाले नेदरल्यान्ड्ससँग तथा पोल्यान्डले फ्रान्ससँग खेल्नेछ । पोल्यान्डले फ्रान्सलाई हराएपनि टोलीलाई अघिल्लो चरण पुग्न पर्याप्त हुने छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...