मेडिकल काउन्सिलको विशेष परीक्षा साउन १७ र १८ मा हुँदै
वि.सं.२०८१ असार ९ आइतवार १३:४७
540
shares
काठमाडौं: नेपाल मेडिकल काउन्सिलले आगामी साउन १७ र १८ गते विशेष परीक्षा गर्ने भएको छ । परीक्षामा सहभागी हुन चाहनेले असार १० गतेदेखि ३० गतेसम्मा आवेदन दिन सक्नेछन् ।
विलम्ब शुल्क तिरेर असार ३१ र साउन १ गते पनि आवेदन दिन सक्ने बताइएको छ । आवेदन भर्ने र बुझाउन २४ घन्टै खुला हुने बताइएको छ । परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।
वि.सं.२०८१ असार ९ आइतवार १३:४७