YouTube Link

फिफा विश्वकप २०२६: नेपाल यमनसँग बराबरीमा रोकियो

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा यमनसँग बराबरी खेलेको छ । अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।

 

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि अन्तराष्ट्रिय करियरको पहिलो गोल हो । नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

 

त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीवले बक्सभित्रबाट बराबरी गोल गरेका थिए । ६६औं मिनेटमा नेपालले खेलमा अग्रता दियो । सञ्जीवको हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो ।

 

इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल-दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो । नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो । तर अन्ततः नेपालले २ गोल गर्न सफल भएको छ ।

 

नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ । नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंक सहित पहिलो हुँदै र बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै ५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...