YouTube Link

नेपाल र साउदी अरबबीचको खेल आज

Facebook Link

 

काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल अल अमेरत क्रिकेट ग्राउन्ड नेपाली समय अनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ ।

 

समूह ‘बी’ मा रहेको नेपाल अपराजित रहँदै एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ । आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ ।

 

यसअघि नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । यस्तै, शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो । सोमबार तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बनेको थियो । नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्न लक्ष्यमा हुनेछ ।

 

यता, साउदी भने नेपालसँग जित्नै पर्ने दबाबमा छ । ३ खेलबाट २ अंक जोडेको साउदी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । साउदीभन्दा एक खेल बढी खेलेको कतारको ४ अंक रहेको छ । +०.४६७ नेटरनेट रहेको साउदी नेपालमाथि सानदार जितसहित सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । पहिलो खेलमा मलेसियासँग १२ रनले पराजित भएको साउदीले दोस्रो खेलमा हङकङलाई ५५ रनले पराजित गर्दै पुनरागमन गरेको थियो । तर, तेस्रो खेलमा भने साउदी कतारसँग १५ रनले पराजित भयो ।

 

जारी प्रतियोगितामा आसिफ सेखले एक हजार टी-२० रन पूरा गरे । अहिलेसम्म पाँच अर्धशतक प्रहार गरिसकेका आसिफ एक हजार रन पूरा गर्ने चौथो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रसिंह ऐरी टी-२० आईमा १५ सय रन पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।

 

तीन खेलमा आसिफले १२४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ८४, रोहित पौडेलले ७१ र कुशल भुर्तेलले ६८ रन बनाएका छन् । बलिङमा नेपालले विपक्षीलाई दबाबमा राख्न सकेको छ । अलराउन्डर दीपेन्द्र विकेट लिने नेपाली खेलाडीमध्ये सबैभन्दा अगाडि छन् । उनले ६ विकेट लिँदा अविनाश बोहोराले ५ र ललित राजवंशीले चार विकेट लिएका छन् ।

 

दीपेन्द्र नेपाली टिमबाट सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । कतारसँगको खेलमा उनले कुशल मल्लको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड तोडेर आफ्नो नाम गरेका थिए । त्यही खेलमा दीपेन्द्रले एकै ओभरमा ६ छक्कासमेत प्रहार गरेर र २ पटक ६ बलमा ६ छक्का हान्ने पहिलो ब्याटर बने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...