Rajshow Bivag

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

Departmant of helth services

 

काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं ‘अल नेपाल एकल कमेडी शो-२०८१’ बैशाख ६ गते बिहीबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

 

प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महिला राष्ट्रिय टिमका सदस्य प्रिती राईलाई समाजसेवी वीरमाया राई (सोभोमा) स्मृति कोषबाट राईलाई २०८० को उत्कृष्ट खेलाडिको रुपमा नगद सहित सम्मान गरिने कलाकार राईले अखबार नेपालाई बताए ।

 

कार्यक्रममा अन्य विशिष्ट समाजसेवी तथा कार्यक्रमलाई साथ सहयोग गर्ने सहयोगी हात तथा संस्थाहरुलाई पनि सम्मान गरिने कार्यक्रम संयोजक सृष्टि भुजेलले जानकारी दिए । कार्यक्रमको तयारी पुरा भएको र टिकटहरु पनि सबै बिक्री भईसकेको संयोजक भुजेलले बताए ।

 

कार्यक्रममा इशाराको एकल कमेडिसहित वरिष्ठ गायिका कुन्ती मोक्तानको विशेष प्रस्तुती तथा अन्य कलाकार सपन श्रेष्ठ, कला इशारा राई, राजन पङधाक लिम्बु, भक्त सुनुवार, मन बहादुर कुलुङ, स्मिता प्रधान, सोमनु राई, सुमन थुलुङ राई लगायत अन्य दर्जनौ कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक भुजेलले जानकारी दिए ।

 

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहायोग गर्दै आएका छन् । गायनसँगै समाजसेवामा समेत सक्रिय चर्चित हाँस्य कलाकार ईशाराले गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ ‘दुर्गती’ जस्ता गाईजात्रे एल्बम श्रोता दर्शक माझ ल्याईसकेका छन् । त्यस्तैगरि उनले दर्जनौ म्युजिक भिडियोको निर्देशन र अभिनयसँगै धेरै संख्यामा इभेन्ट अर्गानाइजेसनका कामहरु पनि गरेका छन ।

 

कार्यक्रमको मुख्य आयोजक एक्सन इन्टरटाईमेन्ट प्रा.लि. रहेको छ भने सह आयोजकमा स्मार्ट ग्लम ब्यूटी पार्लर र वीलिम ग्रुप रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:१६

  काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...