YouTube Link

नेपाल बहराइनसँग  ५-० गोल अन्तरले पराजित

Facebook Link

 

काठमाडौं: फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ ।

 

नेपाल खेलको पहिलो हाफमै ३ गोलले पछि परेको थियो । खेलको दोस्रो हाफमा थप २ गोल खान पुग्यो । बहराइनका माहदी हुमैदान, सायद बकेर, अली मदान, इब्राहिम अल-खताल र अब्दुल लतिफले गोल गरे । खेलको दोस्रो मिनेटमै माहदी हुमैदानले बहराइनलाई शुरूआती अग्रता दिलाए । त्यसको ७ मिनेटपछि नै सायद बकेरले बहराइनको अग्रता दोब्बर बनाए । खेलको ८७औँ मिनेटमा इब्राहिम अल-खतालले गोल गरे । दोस्रो हाफमा थप गरिएको समयको छैटौँ मिनेटमा अब्दुल लतिफले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ५-० गोल अन्तरले पराजित गर्यो ।

 

समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोट अन्तर्गत  यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेलेको हो । यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गरेको हो ।

 

बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो । युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन् । नेपाल पहिलो खेलमा यूएईसँग ४-० र दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले पराजित भएको थियो । यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ ।

 

यूएईसँग २-० गोल अन्तरले पराजित भएको बहराइनको समान खेलबाट ६ अंक छ । बहराइनले यमनलाई २-० गोल अन्तरले पराजित गरेको थियो । यमन ३ खेलमा ३ अंकसहित तालिकामा तेस्रो स्थानमा छ । नेपालभने जितविहीन र अंकविहीन रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...