YouTube Link

नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा

Facebook Link

काठमाडौं: मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कुवेतलाई डीएलएस मेथडमा ८ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

डीएलएसबाट १२ ओभरमा ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा पूरा गरेको थियो । नेपालका लागि इन्दु बर्मा २२ रनमा अविजित रहिन् । त्यस्तै कविता कुँवर १ रन, सीता राना मगर १७ रनमा आउट भएकी थिइन् । कविता जोशी भने ४ रनमा अविजित रहिन् ।

यसअघि कुवेतले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । खेलमा नेपालकी बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी थिइन् । रानामगरले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियदा मुरलीको विकेट लिएकी थिइन् । लगत्तै १२.३ ओभरमा रानामगरको बलमा काजल श्रेष्ठद्वारा कुवेतकी मारयम ओमर स्टम्प आउट भइन् ।

१२ ओभरको चौथो बलमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काएकी हुन् । त्यसैगरी रुविना क्षेत्रीले २ विकेट र कविता कुँवरले २ विकेट लिइन् । नेपालले फाइनल प्रवेशका लागि घरेलु टोली मलेसियासँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...