YouTube Link

लिग-२ को स्क्वाडमा समेटिए अनिल शाह र देव खनाल

Facebook Link

काठमाडौं: घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग-२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिल शाह र देव खनाल टिममा परेका छन् ।

यसअघि वैकल्पिक खेलाडीका रुपमा रहेका अनिल र देव दुवै टिममा परेका हुन् । अनिल र देवको इन्ट्रीसँगै टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् । अनिल र देवले केही दिन घरेलु मैदानमा भएको क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

क्यानडा सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायत टोलीमा फर्किएका छन् । दीपेन्द्र हाल यूएईमा चलिरहेको आइएलटि-२० मा गल्फ जायन्टसबाट खेलिरहेकाले पहिलो खेल गुमाउनेछन् ।

नेपालले लिग-२ अन्तर्गत पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ । त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । सबै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९:१५ बजे सुरु हुनेछ ।

लिग-२ त्रिकोणात्मक सिरिज: रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ

लिग-२ को खेल तालिका:

१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया

१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया

२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...