Texas College
YouTube Link

साफ यू-१९ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

Facebook Link

 

काठमाडौं: बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ । शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपाललाई जित्नै पर्ने दबाबमा छ ।

 

जितले नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । घरेलु टोली बंगलादेश दुई खेल जित्दै फाइनल पुगिसकेको छ । चार टोली सहभागी प्रतियोगितामा आयोजक बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको दुई खेलबाटै समान तीन अंक छ । लगातार दुई हार बेहोरेको भुटान अंकविहीन भएर फाइनल होडबाट बाहिरिसकेको छ ।

 

नेपाल र भारतको समान अंक भएपनि भारत गोल अन्तरमा अघि छ । भारतले ११ गोल गर्दा जम्मा एक गोल मात्र बेहोरेको छ । नेपालले जम्मा दुई गोल गरेको छ भने तीन गोल बेहोरेको छ । त्यसैले पनि भारतविरुद्ध नेपाललाई जित नै चाहिन्छ । भारत भने नेपालविरुद्ध बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । च्याम्पियनसिपको पहिलो खेलमै नेपाल आयोजक बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । त्यसपछि नेपालले भुटानलाई १-० ले हराएर पहिलो जित हात पारेको थियो ।

 

सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । नेपालले अहिलेसम्म च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । अहिलेसम्म भएको चार संस्करणमध्ये बंगलादेशले तीन तथा भारतले एकपटक उपाधि जितेको छ । नेपाल दुईपटक उपविजेता बन्दा दुईपटक तेस्रो भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...