YouTube Link

हेर्नुहोस् आज २०८० माघ २३ गते मंगलबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। शारीरिक कमजोरीले भने चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आध्यात्मिक चेतनाले धर्मकर्म र सामाजिक सेवामा प्रवृत्त गराउनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अस्वस्थताले कमजोर अनुभूति हुनेछ। भौतिक साधनको कमीले काम राेकिन सक्छ। बेसुरको निर्णयले समस्या आउला। परिस्तिथिवश याेजना स्थगित गर्नुपर्ला। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

 

 सिंह – Leoमा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। आजको श्रमबाट पछिलाई भने लाभ हुनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिछोडिएका आफन्तसँग भेटघाट हुने समय छ। पारिवारिक जमघट भए पनि समय रमाइलाे नरहन सक्छ। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। व्याहारिक अलमलले चिन्तित तुल्याउन सक्छ। तापनि केही उपलब्धि हातपार्न सफल भइनेछ। पहिलेको सफलताले पनि नियमित काम गर्न हौसला प्रदान गर्नेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन्। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। श्रमको उच्च मूल्यांकन हुनेछ। प्रशस्त आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पछिका लागि पनि केही लगानी गर्न सकिनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सानो प्रयत्नले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...