अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, आकाश चन्द एक्लैले लिए ५ विकेट
वि.सं.२०८० माघ १२ शुक्रवार १५:२५
1.6K
shares
काठमाडौं: अफगानिस्तानविरुद्ध आकाश चन्द एक्लैले ५ विकेट लिएका छन् । दक्षिण अफ्रिकामा जारी आईसीसी यु-१९ विश्वकपको अन्तिम खेलमा आकाशले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका हुन् ।
जारी प्रतियोगितामा कूल ८ विकेट लिने उनी पहिलो खेलाडीसमेत बनेका छन् । गुल्शन झाले चौथो बलमै विकेट लिँदै नेपाललाई सुरुवात दिलाएका थिए । त्यसलगत्तै आकाशले लगातार विकेट लिए । उनले दोस्रो ओभरको तेस्रो बलमा खालिद तानिवलको विकेट लिए । उनले विपिन रावलबाट क्याच गराएका थिए । त्यस्तै तेस्रो विकेट पनि आकाशले नै लिएका थिए । उनले जम्शिद जर्डनलाई बोल्ड आएट गरेका थिए ।
सातौं ओभरको अन्तिम बलमा समेत आकाशले नेपाललाई चौथो सफलता दिलाए । उनले सोहाली खानलाई देव खनालबाट क्याच गराए । नवौं ओभरको पहिलो बलमै आकाशले अलि अहमदलाई एलबीडब्लु आउट गरेका थिए ।
११औं ओभरको तेस्रो बलमा आकाशले व्यक्तिगत पाँचौं विकेट लिएका थिए । उनले हसन इश्खिललाई दीपेश कँडेलबाट क्याच गराएका थिए । खेलमा नेपाल हाबी भएपछि अफगानिस्तानको विकेट धरासायी बनेको हो ।
वि.सं.२०८० माघ १२ शुक्रवार १५:२५




















