YouTube Link

पोखरा थन्डर्स शीर्ष स्थानमा रहँदै प्लेअफ क्वालिफायरमा

Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको पहिलो खेलमा पोखरा थन्डर्ससँग इन्जुरी समयमा गोल खाएपछि धनगढी एफसी एनएसएलको शीर्ष स्थानमा पुग्नबाट चुकेको छ ।

 

पोखराका मोसे ग्याबाहले इन्जुरी समयमा गोल गरेपछि धनगढी १-१ को बराबरीमा रोकियो । यो बराबरीले पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । पोखराले ८ खेलमा ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकमा पहिलो चरण टुङगायो ।

 

धनगढीको कुल ८ खेलमा ३ जित, ४ बराबरी र १ हारसंगै १३ अंक बनायो । धनगढीले भने आफ्नो अन्तिम वरियता थाहा पाउन बाँकी खेलको परिणाम कुर्नुपर्ने भएको छ । झापा एफसीले आजको दोस्रो खेलमा एफसी चितवन विरुद्ध जित हासिल गरेमा हेड टू हेडका आधारमा धनगढीलाई उछिन्दै दोस्रो स्थान हासिल गर्नेछ । यस्तै भोलिको खेलमा ललितपुर सिटी एफसीले काठमाडौंविरुद्ध जित हासिल गरेपनि धनगढी भन्दा अघिल्लो स्थानमा रहँदै यस चरण अन्त्य गर्ने छ ।

 

आजको खेलमा दुवै टोलीका लागि गोल गर्ने थुप्रै अवसरहरू थिए । तर दुवै टोली जित भने निकाल्न असफल रहे । खेलको ४२औं मिनेटमा धनगढीले खेलमा अग्रता लियो । धनगढीका लागि मिलान राईले गोल गरे । खेलको ९०औं मिनेटमा मोसेस ग्याबाले पोखराका लागि बराबरी गोल गरे ।

 

आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् । चितवन प्लेअफ दौडबाट बाहिरिसकेको छ भने झापाको प्लेअफ सम्भावना कायमै छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...