आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०८० मंसिर २८ बिहीवार १३:००
1.8K
shares
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिष्पर्धा हुँदैछ । यी दुईबीचको प्रतिष्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:०० बजे सुरु हुनेछ ।
एनएसएलमा अपराजित दुई टोलीमध्ये एक धनगढी ४ खेलमा ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । ५ खेलबाट जम्मा ५ अंक जोडेको चितवन आठौं स्थानमा छ । साविक उपविजेता धनगढीले सुरुवातमा खेल जितेको थियो । ती दुबै खेलको अन्तिम तिर गोल गर्दै धनगढीले जित निकालेको थियो । त्यसपछि ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको धनगढीले पछिल्लो खेलमा इलाम विरुद्ध २ गोलले पछि परेको अवस्था उल्ट्याउदै बराबरी गरेको थियो ।
चितवनले १ जित, २ बराबरी र २ खेलमा हार बेहोरेको छ । चितवनको दुबै बराबरी भने खेलको अन्तिम समयमा गोल खाएर भएको थियो । अघिल्लो खेलमा ललितपुर विरुद्ध पराजित चितवनले धनगढीलाई हराउन सकेको खण्डमा प्लेअफको सम्भावना रहन्छ । ललितपुरविरुद्ध रातो कार्ड पाएका चितवनका उत्सव राई आज टोलीमा हुने छैनन् ।
वि.सं.२०८० मंसिर २८ बिहीवार १३:००


















