यी क्लबले बनाए यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान
वि.सं.२०८० मंसिर २८ बिहीवार ०८:१९
2K
shares
काठमाडौं: यूईएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पूरा भएको छ । समूह चरणका खेलहरु गएराति सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।
राउण्ड १६ मा समुह ‘ए’ बाट बायर्न म्युनिख र कोपेनहेगन, समूह ‘बी’ बाट आर्सनल र पीएसभी, समूह ‘सी’ बाट रियल मड्रिड र नापोली, समुह ‘डी’ बाट रियल सोसियडाड र इन्टर मिलान, समुह ‘ई’ बाट एथलेटिको म्याड्रिड र लाजियो, समुह ‘एफ’ बाट डोर्टमण्ड र पिएसजी, समुह ‘जी’ बाट म्यानचेस्टर सिटी र आरबी लेइपजिंग तथा समुह ‘एच’ बाट बार्सिलोना र पोर्टो पुगेका छन् ।
सबै समूहबाट तेस्रो भएका क्लबहरु युरोपा लिगमा ट्रान्सफर भएका छन् । जसमा समुह ‘ए’ बाट गालाटासारे, समुह ‘बी’ बाट लेन्स, समुह ‘सी’ बाट ब्रागा, समुह ‘डी’ बाट बेनिफिका, समुह ‘ई’ बाट फेयनोर्ड, समुह ‘एफ’ बाट एसी मिलान, समुह ‘जी’ बाट योंग ब्य्वाज र समुह ‘एच’ बाट शख्तर डोनेटस्क रहेका छन् ।
अब राउण्ड १६ को ड्र डिसेम्बर १८ मा हुने छ भने राउण्ड १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुने छन् ।
वि.सं.२०८० मंसिर २८ बिहीवार ०८:१९



















