आईसीसी वर्ल्डकप क्रिकेट लिग-२ को पहिलो सिरिज नेपालमा हुने
वि.सं.२०८० मंसिर १६ शनिवार १०:४४
1.8K
shares
काठमाडौं: आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ को पहिलो सिरिज आगामी फागुन ५ गतेदेखि नेपालमा हुने भएको छ । पहिलो सिरिजमा नेदरल्याण्ड्स र नामिबियासहित नेपालले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ ।
लिग-२ को यो दोस्रो संस्करण हो जुन २०२७ सम्म चल्नेछ । यो संस्करणमा ८ टोली नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । नेदरल्यान्ड्सले यसै पटकदेखि लिग-२ खेल्ने भएको हो । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग-२ मा झारेको हो ।
लिग-२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले कुनै जानकारी दिएको छैन । आईससिीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ । यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो । यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए । यो लिग-२ पनि २०२७ को विश्वकप छनोटको चरण हो ।
वि.सं.२०८० मंसिर १६ शनिवार १०:४४




















