झापा एफसी र पोखरा थन्सर्डले बराबरी खेल्दै अंक बाँढे
वि.सं.२०८० मंसिर १६ शनिवार १६:०९
1.9K
shares
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी र पोखरा थन्सर्डले बराबरी खेल्दै अंक बाँढेका छन् । झापाले अन्तिम मिनेटमा गोल गर्दै पोखरालाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
बराबरीको नतिजासँगै झापाले प्रतियोगितामा एक अंक जोडेको छ भने पोखरा शीर्ष स्थानमा उक्लिनबाट बञ्चित भएको छ । झापाका लागि खेलको अन्तिम मिनेटमा समन्दर ओचिलोवले बराबरी गोल गरे । खेलमा अग्रता पोखराले १९औं मिनेटमा मोसिस टवामको गोलमा लिएको थियो । जोए आइडोको निकालेको क्रममा मोसिसले उत्कृष्ट हेड प्रहार गर्दै गोल गरेका थिए ।
पोखराले ३ खेलबाट ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पुछारदेखि तेस्रोमा रहेको झापाले २ खेलबाट १ अंक जोडेको छ ।
वि.सं.२०८० मंसिर १६ शनिवार १६:०९




















