YouTube Link

राउण्ड रोबिनको अन्तिम खेलमा जापानमाथि नेपालको जित

Facebook Link

 

काठमाडौं: नेपालले चार देश सम्मिलित टि-२० आई महिला सिरिज अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेलमा जापानमाथि ६७ रनको जित निकालेको छ । नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ४६ रनमा समेटियो ।

 

नेपालका लागि स्पिनर संगीता राईले ५ विकेट लिइन् । जापानका लागि मेग ओगाबाले २९ बलमा २ चौकासहित १७ रन बनाइन् । यस्तै सेइका सुमिले १६ बलमा १ चौका सहित १३ रन बनाइन् । अन्य कुनै व्याटरले भने दोहोरो अङ्क समेत छुन सकेनन् ।

 

नेपालका लागि अश्मिना कर्माचार्यले ४ ओभरमा १० रन दिँदै सर्वाधिक ४ विकट लिइन् । यस्तै संगीता राइले ३ ओभरमा मात्र ५ रन दिँदै ३ विकट लिइन् । यस्तै पूजा महतोको नाममा २ विकट रह्यो । उनले ३ ओभरमा १ मेडन ओभर सहित २ रन मात्र दिएको थिइन् । डेब्यु खेल खेलिरहेकी सोनी पाख्रिनले ४ ओभरमा ८ रन मात्र दिइन् तर कुनै विकट लिन सकिनन् । यस्तै सुमन विष्ट र रुबिना क्षत्री पनि विकट विहिन रहे ।

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकट गुमाउँदै ११३ रन बनायो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । चार नम्बरमा ब्याटिङ गर्न आएकी रुबिना अन्तिम ओभरमा आउट भइन् ।

नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए । पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् । यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन बनाइन् । कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको पारी खेलिन् । यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै अविजित रहिन्। अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।

 

जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन् । आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन् ।

 

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेलमा दौडबाट बाहिरिसकेको थियो । नेपाल ३ खेलमा १ जित सहित तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...