YouTube Link

नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै, विश्वकप खेल्न जित्नै पर्ने दबाबमा नेपाल, खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे

World Cup 2026
Facebook Link

 

काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

नेपाल युएईलाई हराउँदै टि-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपालले विश्वकप खेल्न यो खेल जित्नै पर्ने दबाबमा हुनेछ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपाल समूह ‘ए’ को उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

 

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ । नेपालको कुशल मल्ल र युएईका मोहम्मद वासिम प्रमुख विष्फोटक ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनले टोलीको योगफल वा नतिजा निर्भर हुनसक्छ । दुबै चलेको खण्डमा टोलीको जित भने सहज बनाउन सक्ने खुबी राख्छन् ।

 

युएईका आयन खान र नेपालका सन्दीप लामिछाने दुबै प्रमुख स्पिनर हुन् । नेपाललाई आयन घातक बन्दै आएका छन् । उनको बलमा केहि सचेत हुनुपर्छ । युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक प्रमुख तीव्र गतिका बलर हुन् । जुनैदले नयाँ बल र जहुरले डेथ ओभरमा राम्रो गर्दै आएका छन् ।

 

नेपालका सोमपाल कामी र करण केसी प्रमुख तीव्र गतिका बलर हुन् । दुबैले नयाँ बलका साथ राम्रो गर्दै आएका छन् । डेथ ओभरमा प्रदर्शन त्यति राम्रो छैन । डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालका कुशल भुर्तेल, विवेक यादव र रोहित पौडेलले आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई जिताउन सक्ने खुबी राख्छन् । युएईका आसिफ खान, वृत्य अरविन्द र बासिल हामिद पनि घातक बन्नसक्छन् । युएईका बासिल र अली नासिरले लगातार राम्रो गर्दै आएका छन् ।

 

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो । हङकङलाई २२ रनले हराएको थियो ।

 

आजको अर्को सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । ओमान समूह ‘ए’ को विजेता र बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल भने आइतबार बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

नेपालको टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

 

युएईको टोली:

मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...