त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै, नेपाल र यूएईबीच प्रतिस्पर्धा
वि.सं.२०८० कात्तिक १ बुधवार ०७:२७
1.7K
shares
काठमाडौं: नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदै छ । मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे नेपाल नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।
प्रि–म्याच कन्फरेन्समा बोल्दै राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान रोहित पौडेलले जीतका साथ त्रिकोणात्मक टि–ट्वेन्टी आई सिरिजको सुरुवात गर्न चाहेको बताएका छन् । उनले भारतको नागपुरमा टिमले राम्रो तयारी गरेको बताए । एसियाली खेलकुदबाट फर्किए लगत्तै नेपाली टिम अभ्यासका लागि भारत गएको थियो । टिम सोमबार मात्र काठमाडौं आइपुगेको हो ।
आईसीसी टि–ट्वेन्टी विश्वकप छनोट अघि हुन लागेको सिरिज महत्त्वपूर्ण रहेको कप्तान रोहितको भनाइ छ । युएई कप्तान मोहम्मद वासिमले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको नेपाल र हङकङलाई पराजित गर्दै सिरिज उपाधि जित्ने लक्ष्य राखेको उल्लेख गरे ।
नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्व आए पछिको यो पहिलो खेल हो । क्यानका सचिव तथा प्रतियोगिताका निर्देशक पारस खड्काले अन्तिम समयमा सिरिजको तयारी गरेको उल्लेख गरे । नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल असोज १० गते हुनेछ । सिरिजको फाइनलबाहेक सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ । मूलपानीमा टि–ट्वेन्टी आईको खेल पहिलो पटक हुन लागेको हो । यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ ।
नेपालको टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।
वि.सं.२०८० कात्तिक १ बुधवार ०७:२७




















