YouTube Link

नेपाली सेनाले सैनिक मुख्यालय जंगीअड्डामा शान्ति पदयात्रासहित संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाइँदै

Facebook Link

 

काठमाडौं: नेपाली सेनाले आज सैनिक मुख्यालय जंगीअड्डामा शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाउँदैछ ।

 

राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ भए पनि त्यस दिन यो वर्ष नेपालमा दशैं पर्व परेकाले आज नै ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा ‘युएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ ।

 

अ​न्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको हो । राष्ट्रसंघका महासभा, सुरक्षा परिषद्,  अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद र सचिवालय राष्ट्रसंघका अंग हुन् ।

 

नेपाल सन् १९५५ डिसेम्वर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदैआएको छ । राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

वि.सं.२०८३ मंसिर १ मंगलवार १४:१०

काठमाडौं: स्वरुप परिवर्तन गरेर सडक र समाजलाई अशान्त पार्ने बुलेटलगायतका...

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका...

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...