YouTube Link

नेपाल क्रिकेट टीम स्वदेश फर्कियो, बाजागाजासहित स्वागत

Facebook Link

 

काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोली आज बिहान ११:३० मा त्रिभुवन विमानस्थल आइपुगेको थियो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागत विशेष रूपमा गरिएको थियो । नेपाल प्रहरीले टीमका स्वागत गर्न बाजागाजासमेत व्यवस्था गरेको थियो । प्रहरीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एसियन गेम्स क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्वकीर्तिमान कायम गरेका थिए । सम्भवतः त्यसैलाई सेलिब्रेट गर्न प्रहरीले विशेष रूपमा स्वागत गरेको हो ।

 

कप्तान रोहित पौडेलले सोचेजस्तो नतिजा ल्याउन नसके पनि समग्रमा प्रतियोगिता राम्रो भएको बताए । ऐरीले आफ्नो विश्व कीर्तिमानलाई लिएर खुशी व्यक्त गरे । यस प्रतियोगितामा नेपालले मंगोलिया र माल्दिभ्सलाई सहज रूपमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्वाटरफाइनलमा भने भारतसँग कडा प्रतिस्पर्धामा पराजित भएको हो । भारतसँग खेल हारे पनि नेपालले मन जितेको प्रतिक्रिया सर्वत्रबाट आइरहेको छ ।

 

नेपालका लागि भारतले दिएको २०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । भारतविरुद्ध उच्च प्रदर्शन गरेपछि नेपाली क्रिकेटको चौतफी प्रंशसा भएको थियो । समूह चरणमा भने नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।

 

मंगोलियालाई ४१ रनले हराउँदै नेपालले २७३ रनको विश्व कीर्तिमानी जित हात पारेको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गरेका थिए । क्रिकेटमा कुनैपनि खेलाडीले बनाएको सर्वाधिक छिटो अर्धशतक हो । उक्त अर्धशतक अब तोडिने छैन । दीपेन्द्रले भारतीय पूर्व ब्याटर युवराज सिंहले १२ बलमा २००७ मा इंग्ल्यान्डविरुद्ध बनाएको कीर्तिमान तोडेका थिए ।

 

कुशल मल्लले ३४ बलमा शतक हानेका थिए । टि-२० आई इतिहासको सर्वाधिक छिटो शतक थियो । उनले भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकी ब्याटर डेविड मिलरको ३५ बलको कीर्तिमान तोडेका थिए । नेपालले उक्त खेलमा एक दर्जन विश्व कीर्तिमान कायम गरेको थियो ।

 

दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३८ रनले हराएको थियो । नेपाली टोली आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र तयारी गर्न भारतको नागपुर जादैछ । टोली शुक्रबार भारत जाने सम्भावना छ । विश्वकप छनोट अघि नेपाल, युएई र हङकङबीच असोज ३० देखि कार्तिक ९ गते (अक्टोबर १७ देखी २६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिज आयोजना हुनेछ ।

 

आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ‘ए’ बाट विजेता टोली नेपाल आउनेछ ।

 

एसिया क्षेत्र छनोट ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया मध्य एक टोली आउनेछन् । दोहामा उक्त छनोट जारी हुँदा कुवेत र साउदी अरेविया मध्य एक टोली नेपाल आउने पक्का भएको छ । साउदी र कुवेतबीच आज दिउँसो ४:१५ मा खेल हुनेछ । उक्त खेलको विजेता टोली नेपाल आउनेछ ।

 

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...