अमेरिकी सरकारको डाइभर्सिटी भिसा ‘डीभी’ आवेदन खुल्ला
वि.सं.२०८० असोज १८ बिहीवार १४:१०
2.7K
shares
काठमाडौं: सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।
आवेदन अवधि आगामी कात्तिक २१ गते नेपाली समय अनुसार राति पौने ११ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरूले उतैको ग्रिनकार्ड पाउने गर्छन् ।
डीभी आवेदन https://dvprogram.state.gov मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ ।
वि.सं.२०८० असोज १८ बिहीवार १४:१०


















