YouTube Link

सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सीबल्समा अनुबन्धित भएका हुन् ।

इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको हो । विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलर कर्नाटकाले अनुबन्ध गरेको थियो । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...