YouTube Link

एन्फाको विशेष साधारण सभामा गणपूरक संख्या पुगेन

Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार तय भएको विशेष साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

 

एन्फाले आइतबार अनलाइनमार्फत विशेष साधारण गर्ने निर्णय गरेको थियो । तर डिभिजन क्लबहरुले विशेष साधारण सभा भौतिक उपस्थितिमै गर्न माग राख्दै आएका थिए । एन्फाले आइतबार नै अनलाइनमार्फत साधारण सभा राखे पनि बहुमत सदस्य उपस्थित नभएपछि अब भदौ २५ गते सोमबार बस्ने निर्णय भएको हो ।

 

‘संघको २०८० भाद्र २४ गतेको अनलाइनमार्फत भएको एन्फा विशेष साधारण सभामा एन्फाको विधान २०७७ संस्करणको धारा (२८) को (१) बमोजिम गणपुरक संख्या अपुग भएकोले पुनः उक्त एन्फा विशेष साधारण सभा विधानको धारा २८ को २-३ अनुरुप अनलाइन मार्फत २०८० भाद्र २५ गते सोमबार बिहान ११ बजे बस्ने जानकारी गरियो’, एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।

 

साधारण सभाका लागि गणपूरक संख्या नपुगेपछि बसेको एन्फाको कार्यसमितिको आकस्मिक बैठकले महिला तथा अन्य फुटबल विकासको कार्यक्रम सञ्चालन गर्न विभिन्न देशका फुटबल संघ र दातृ निकायसँग आवश्यक पर्ने आर्थिक तथा अन्य सम्झौता गर्नको लागि संघको अध्यक्षलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...