YouTube Link

नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित, सुपर फोरमा पुगे पाकिस्तान र भारत

Facebook Link

 

काठमाडौं: एसिसी एसिया कप अन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ । पराजित भएसँगै नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ ।

 

श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा १४५ रनको नयाँ लक्ष्य पछ्याएको भारतले १७ बल बाँकी छँदै भेट्टायो । भारतका लागि २० दशमलब १ ओभरको खेलमा जितका निम्ति २ रन चाहिँदा शुभमन गिलले चौका प्रहार गरेका थिए । उनको सो चौकापछि भारतले बिना कुनै विकेट १४७ रन बनाएर खेल जितेको हो ।

 

यसअघि नेपालले दिएको २३१ रनको लक्ष्य भारतले पछ्याउने क्रममा वर्षा भएपछि खेल २ घण्टा रोकिएको थियो । वर्षाका कारण डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा छोट्याइएको खेलमा भारतले जितका निम्ती १४५ रनको नयाँ लक्ष्य पाएको थियो ।

 

 

पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको भारी रन अन्तरले हारेको नेपालले भारतसँगको खेलमा निकै सुधार गर्‍यो । सोमबार भारतका लागि ओपनरद्धय कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट इनिङ खेले । शर्माले ५९ बलमा ६ चौका र ५ छक्का हान्दै ७४ रन जोडे । गिलले भने ६२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाए । भारतले अतिरिक्त ६ रन पाएको थियो ।

 

नेपालले ७ जना खेलाडीलाई बलिङमा उतारेको थियो । सन्दीप लामिछाने, ललित राजवंशी र करण केसीले ४–४ ओभर खेले । ​सन्दीपले ३ चौका र ३ छक्का सहित ३९ रन खर्चिदा ललितले १ छक्का सहित २४ रन दिए । करणको बलिङमा ३ चौका र १ छक्कासहित भारतले २६ रन बटुल्यो । २ ओभर बलिङ गरेका सोमपाल कामीले ५ चौकासहित २३ रन खर्चिए । दिपेन्द्र सिंह ऐरीले २ ओभरमा १ छक्का सहित १२ रन भारतलाई सुम्पिए । यसैगरी कुशल मल्लले ३ ओभरमा १ चौकासहित ११ रन खर्चिए । गुल्सन झाले १ दशमलब १ ओभर बलिङ गर्दै २ चौका सहित ११ रन दिए ।

 

वर्षा बाधक नबनेको भए सायद नेपाली ब्याट्स्म्यानले दिएको लक्ष्य भेट्टाउन भारतलाई पनि त्यत्ति सहज हुने थिएन होला । नेपाली तीव्र गतिका मिडियम बलर करण केसीले पहिलो ओभरमा एक रन मात्रै दिँदै उत्कृष्ट सुरुवात गरेका थिए । त्यो एक रन पनि वाइड थियो । दोस्रो ओभरमा सोमपाल कामीलाई शुभमन गिलले तीन चौका प्रहार गरेका थिए ।

 

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले विश्व क्रिकेटकै पावर हाउस भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भएको थियो । विश्वस्तरमै ख्याती प्राप्त मोहम्मद शामी, मोहम्मद सिराज र स्पीनर कुलदीप यादव जस्ता भारतीय बलर तथा हार्दिक पान्ड्या र रविन्द्र जडेजा जस्ता विश्व प्रसिद्ध अलराउन्डरको चुनौती फेस गर्न नेपाली खेलाडी सफल देखिए ।

 

नेपालले ४८ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाउन सफल भएको थियो ।  नेपालका लागि सानदार योगफल खडा गर्न आशिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, गुल्सन झाले महत्वपूर्ण भूमिका निर्वाह गरे । आशिफले अर्धशतक बनाए भने सोमपाल अर्धशतक बनाउनबाट मात्र २ रनले चुके । १ छक्का र २ चौका सहित ५६ बलमा ४८ रन हानेका सोमपाल सामीको बलमा किसनबाट क्याच आउट भए ।

 

यसअघि कुशल भूर्तेलसँगै ओपनिङ ब्याटिङ गरेका आशिफले ९७ बल खेलेर ८ चौकाको मद्दतमा ५८ रन बनाए । पहिलो विकेटका लागि उनीहरुवीच ९ दशमलब ५ ओभरमा ६५ रनको साझेदारी भएको थियो । भुर्तेल भने २५ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ३८ रनमा सार्दुल ठाकुरको बलमा इसान किसनद्धारा क्याच आउट भए । आशिफ भने महोम्मद सिराजको बलमा विराट कोहलीद्धारा क्याच आउट भए ।

 

त्यसअघि नेपाली ओपनरले तीन जीवनदान पाएका थिए । कुशल भुर्तेललाई दोस्रो ओभरमै श्रेयस ऐरले फस्ट स्लिपमा एक रनमा र ईशान किशनले ७ रनमा छाडेका थिए । त्यस्तै आसिफ शेखलाई एक रनमा विराट कोहलीले एक्स्ट्रा कभरमा क्याच छाड्दै जीवनदान दिएका थिए । ​सुरुवातीको ५ ओभरमा तीन जीवनदान पाएपछि नेपाली ओपनर ब्याट्स्म्यानले उत्कृष्ट ब्याटिङ थालेका थिए । २५ बलमा ३ चौका सहित दिपेन्द्र सिंह ऐरीले २९ रन बनाएका थिए । उनी जडेजाको बलमा एलबिडब्लु भए । ५ बलमा ३ चौका हान्दै गुल्सनले २३ रनको योगदान दिए । उनी सिराजको बलमा किसनद्धारा नै क्याच भए ।

 

स्पिनर जडेजाको २०औं ओभरको अन्तिम बलमा नेपाली कप्तान रोहित पौडेल एज लागेर भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट हुन पुगे । त्यत्तिबेला पौडेलले ८ बलमा मात्र ५ रन बनाएका थिए । यसबाहेक पूर्व कप्तान सन्दीप लामिछानेले ९ रन बनाउँदा भिम सार्कि ७ रनमा आउट भए ।

 

 

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए । यस्तै मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक/एक विकेट रह्यो । लगातार २ खेल हार्दै नेपालले दुई शक्ति राष्ट्रसँग अनुभव बटुलेर समूहचरणबाटै बाहिरिँदा शिर्ष वरियताको पाकिस्तान र तेस्रो वरियताको भारत सुपर फोरमा पुगेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...