YouTube Link

स्पेन नेसन्स लिगको फाइनलमा, उपाधिका लागि क्रोएसियासँग भिड्ने

Facebook Link

एजेन्सीः इटालीलाई २-१ गोल अन्तरले पराजित पराजित गर्दै स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

नेदरल्यान्डसमा गएराति भएको सेमिफाइनल खेल सुरु भएको तेस्रो मिनेटमै स्पेनले अग्रता लिएको थियो । स्पेनका लागि यारिमी पिनोले गोल गरेका थिए । तर स्पेनको अग्रता लामो समय भने टिकेन ।

खेलको ११औं मिनेटमा इटालीले पेनाल्टीमार्फत खेल बराबरी गर्‍यो । राष्ट्रिय टिमबाट डेब्यु गरेका रोबिनले नोमन्डबाट ह्यान्ड बल भएपछि इटालीले पेनाल्टीको मौका पाएको थियो । जसलाई चिरो इमोबिलेले गोलमा परिणत गरे । पहिलो हाफको बाँकी समयमा दुवै टिमबाट थप गोल भएन ।

खेल अतिरिक्त समयमा जाने अनुमान गरिएको थियो । ८८औं मिनेटमा सब्सिच्युट होसेलुले गोल गरेपछि इटालीलाई निराश पार्दै स्पेन लगातार दोस्रोपटक नेसन्स लिगको उपाधिनजिक पुग्यो ।

होसेलुको स्पेनका लागि तीन खेलमा यो तेस्रो गोल हो । अब स्पेनले फाइनलमा आगामी सोमबार लुका मोड्रिचको टोली क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो पटक स्पेन फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । क्रोएसिया नेदरल्यान्डसलाई ४-२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...