YouTube Link

स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

Facebook Link

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद सुरुवात गरेको हो ।

सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले उत्कृष्ट जित निकाल्यो । रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल फर्काए । घरेलु टिमविरुद्ध खेलको १२औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित भएपनि रियलले थप दुई गोल गर्यो । खेलको ६१ औं मिनेटमा क्रुसले गोल गर्दै रियलको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८० औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीका लोसडाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

सेल्टाविरुद्धको जितमा प्रशिक्षक जिनेदान जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा मैदान उतारेका थिए । जितसँगै रियलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । सेल्टाले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...