YouTube Link

ग्लोबल टी-२० क्रिकेटको उपाधि वेनिपेग हक्सले जित्यो

Facebook Link

एजेन्सी: नेपाली अलराउण्डर सोमपाल कामी रहेको वेनिपेग हक्सले ग्लोबल टी-२० क्रिकेटको उपाधि जितेको छ । आईतबार भएको खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन भएको हो । १९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

यसअघि, पहिले ब्याटिङ गरेको सोमपालको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साईमन अनवरले ९० रन बनाएको ईनिङ्सका अर्का ओपनर क्रिस लेनले ३७ रन बनाएका थिए । जेपी डुमिनीले ३३ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए ।

निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । जसमा हक्सले बाजी मारेको थियो । हक्स च्याम्पियन बनेपछि सोमपाल भने अधिकांश समय मैदान बाहिर रहे । पहिलो खेलमा राम्रो प्रर्दशन गर्न नसकेपछि उनले मौकानै पाएनन् । उनी पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा किनिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...