YouTube Link

म्यानचेस्टर युनाईटेडसँग उपाधि दावेदार चेल्सीलाई ४-० गोल अन्तरको सुरुवाती झड्का

Facebook Link

एजेन्सी: ईंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेड विरुद्ध चेल्सीलाई सुरुवाती झड्का लागेको छ । शनिबार राति भएको पहिलो खेलमा उपाधि दावेदार चेल्सी म्यानचेस्टर युनाईटेडसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राष्फोर्डले दुई गोल गरे । यस्तै एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरे । ओल्ड ट्राफोर्डमा खेलको १८ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा भने थप तीन गोल गर्यो । खेलको ६५ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए ।

६७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा डेब्यु खेलाडी जेम्स ड्यानियलले गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए । जितसँगै युनाईटेडले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । चेल्सीले भने हारबाट सिजनको सुरुवात गरेको छ । यस्तै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा हारबाट डेब्यु गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...