YouTube Link

विदेश खेल्न जान पाउनुपर्ने निवेदन लिएर सन्दीप सर्वोच्चमा

Facebook Link

काठमाडौं: क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने आफ्ना वकिल सरोजकृष्ण घिमिरेको साथमा सर्वोच्च अदालत पुगेर निवेदन दिएका छन् ।

विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीप सर्वोच्च पुगेका हुन् । गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान प्रतिबन्ध लगाएको थियो ।

नेपालमा हालै भएको लिग-टु अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएपछि सन्दीपलाई युएई लैजान क्रिकेट संघले पनि पक्रिया अघि बढाएको छ ।

सिरिजकै सर्वाधिक विकेट लिएका सन्दीप लिग २ कै बाँकी ४ खेलका लागि शनिबार जाने टोलीमा परेका छैनन् । अदालतको प्रतिबन्धका कारण टोलीमा नपरेका उनी प्रतिबन्ध फुकुवाको मागसहित सर्वोच्च पुगेका हुन् ।

उनको रिटमा शुक्रबार नै सुनुवाइ हुने सम्भावना छ । सुनुवाइ भएर प्रतिबन्ध फुकुवा भए सन्दीप टोलीसँगै युएई जानेछन् ।

उच्च अदालतले काठमाडौं बाहिर जान अनुमति लिनुपर्ने बताए पनि क्रिकेट खेल्न भने प्रतिबन्ध लगाएको थिएन । क्यानले पनि निलम्बन फुकुवा गरेको थियो । क्यानले उनलाई विदेश लैजान समेत पहल गरिरहेको छ ।

यदि अदालतले यसअघिको निर्णय बदर नगरे नेपाली टोली सन्दीपबिनै यूएई जानेछ । त्यसका लागि क्यानले टोलीसमेत घोषणा गरिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...