YouTube Link

नामिबियामाथि नेपालको एतिहासिक जित

Facebook Link

 

काठमाडौं: नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियामाथि एतिहासिक जित निकालेको छ ।

 

मंगलबार भएको खेलमा कुशल भुर्तेलको शतकमा नामिबियालाई २ विकेटले हराएको हो । टियू क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाउँदै २८७ रन बनायो ।

 

नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो सर्वाधिक रन पनि हो । नेपालका लागि कुशलले शतकीय पारी खेले । ११३ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए ।

 

नेपालका लागि रोहित कुमार पौड्लले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए ।  नेपालका लागि सन्दीप जोराले २८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे । त्यस्तै करण केसीले २० रन बनाए ।

 

नामिबियाका लागि रुबेन र कार्ल ब्रेनस्टोकले तीन तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो ।

 

नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए । गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए ।

 

त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे । नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो ।

 

त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...