YouTube Link

कांग्रेस इतर समूहको बैठक फेरि बोलाउने निष्कर्ष

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न फेरि बैठक बोलाउने निष्कर्ष निकालेको छ ।

नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको बैठकले पछिल्लो विकसित राजनीकि घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने निष्कर्ष निकालेको हो ।

बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी थिए ।

बैठकमा सहभागी स्रोतका अनुसार पछिल्लो राजनीतिक घटना क्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको छ । अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टीको प्रदेश संसदीय दलको निर्वाचनबारे छलफल गर्न आफूहरु भेला भएको प्रतिक्रिया दिए ।

‘प्रदेशहरुमा दलको चुनाव हुँदैछ, त्यही बारे छलफल भएको हो,’ उनले भने । सहमहामन्त्री पाण्डेले केन्द्रीय कार्यसमिति बैठक अघि फेरि आफूहरु बसेर धारणा बनाउने पनि बताए ।

‘केन्द्रीय कार्यसमिति बैठक पहिले फेरि बसेर धारणा बनाउँछौं,’ उनले भने । सभापति शेरबहादुर देउवाले पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...