YouTube Link

अर्जेन्टिनामा विश्व च्याम्पियन खेलाडीलाई भव्य स्वागत

Facebook Link

 

काठमाडौं: कप्तान लियोनल मेस्सी सोमबार राति आफ्नै देशको राजधानी ब्युनर्स आयर्समा ट्रफीसहित पुग्दा अकल्पनीय स्वागत भयो ।

 

गत आइतबार दोहाको लुसेल रंगशालामा साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकप विजेता बनेको थियो ।

 

सन् १९८६ पछि विश्व च्याम्पियन बनेका अर्जेन्टिनी खेलाडी घरमा फर्कंदा भव्यताका साथ स्वागत गर्ने र खुसी मनाउने योजनाको तयारीमा समर्थक लागेका थिए ।

 

अर्जेन्टिनाले विश्व च्याम्पियन बनेको खुसी मनाएको क्षण ३६ वर्षअगाडि थियो । त्यो पनि डिएगो म्याराडोनाले अर्जेन्टिनालाई दोस्रोपटक विश्वकप ट्रफी दिलाउँदा थियो ।

 

कतारको दोहाबाट विशेष हवाई जहाजमा सवार अर्जेन्टिनी खेलाडीहरूको नेतृत्व मेसीले गरेका थिए । उनले विश्वकप ट्रफी हातमा लिँदै हवाई जहाजको भर्‍याङबाट ओर्लंदा उपस्थित हजारौँ दर्शकको आँखाबाट खुसीको आँसु झरेको थियो ।

 

अर्जेन्टिनी सरकारले पनि मंगलबार विजयोत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरेको थियो । सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई हराउँदै दोस्रोपटक विश्वकप उपाधि उचालेको थियो ।

 

त्यसवेला म्याराडोना अर्जेन्टिनी समर्थकहरूको नजरमा हिरो बनेका थिए । यसपालि भने म्याराडोनाकै उत्तराधिकारीका रूपमा हेरिएका मेसी नायक भएका छन् । साढे तीन दशकपछि विश्व च्याम्पियन बनेपछि अर्जेन्टिनी समर्थक मात्र नभएर समग्र खेलाडी नै खुसी छन् ।

 

मेसीको चाहना

मेसीले कतार विश्वकपको फाइनलको अघिल्लो दिन फ्रान्सविरुद्धको उपाधि भिडन्त नै अन्तिमपटक राष्ट्रिय टोली खेल्ने घोषणा गरेका थिए ।

 

मेसीले फाइनल खेलसँगै अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने र क्लबस्तरीयलाई निरन्तरता दिने । लुसेल रंगशालामा अर्जेन्टिना विश्वकप च्याम्पियन भएपछि मेसीले सन्न्यास लिने अनुमान थियो । तर, उनले तत्काल यो योजना नरहेको स्पष्ट पारेका थिए ।

 

विश्व च्याम्पियन बनेर घर फर्कंदा मेसीले आफ्नो योजना परिवर्तन गरेका छन् । अब मेसीलाई विश्व च्याम्पियन खेलाडीका रूपमा अर्जेन्टिनी जर्सीमा खेल्न मन छ ।

 

स्थानीय पत्रकारलाई मेसीले भने, ‘अब तत्काल सन्न्यास लिने पक्षमा छैन, विश्व च्याम्पियन भएको जर्सीबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने इच्छा छ ।’ आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउने लक्ष्य पूरा भएको उनले बताए । ‘मेरै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप ट्रफी जित्ने लक्ष्य पूरा भएको छ,’ मेसीले भने, ‘अब विश्व च्याम्पियन खेलाडीका रूपमा खेल्न बाँकी छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...