YouTube Link

इटालियन क्लब फियोरेन्टिनामाथि आर्सनलको को प्रभावशाली जित

Facebook Link

एजेन्सी: इंग्लिस क्लब आर्सनलले प्रि सिजनको इन्टर नेसनल च्याम्पियन्स कपमा प्रभावशाली जित निकालेको छ । अमेरिकास्थित क्यालिफोर्नियामा आज बिहान भएको खेलमा आर्सनलले इटालियन क्लब फियोरेन्टिनामाथि ३-० को प्रभावशाली जित निकालेको हो ।

इन्टरनेसनल च्याम्पियन्स कपमा आसर्नलको यो लगातार दोस्रो जित हो । आर्सनलले यसअघि जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ३-२ ले हराएको थियो । लगातार दुई जित निकालेको आर्सनलको ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । च्याम्पियन्स कपका फियोरेन्टिनाको पहिलो हार हो । आर्सनलको जितमा युवा फरवार्ड एडवार्ड एनकेइटाले दुई तथा जोसेफ विललकले एक गोल थपे ।

खेलको १६औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गरेपछि आसर्नल पहिलो हाफमा १-० ले अघि बढेको थियो । ६६औं मिनेटमा एडवार्ड एनकेइटाले व्यक्तिगत दोस्रो गोल गर्दै आसर्नललाई जित नजिक पुर्याएका थिए । ८९औं मिनेटमा जोसेफले गोल गर्दै आर्सनललाई ३-० को प्रभावशाली जित दिलाए । अब आसर्नलले २४ जुलाईमा स्पेनिस क्लब रियल म्याड्रिडसँग तथा फियोरेन्टिनाले बेन्फिकासँग २५ जुलाईमा खेल्नेछ । इन्टरनेसनल च्याम्पियन्स कपमा युरोपका १३ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...