YouTube Link

ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि पुलिस र ब्रिगेड ब्वाईज भिड्दै

Facebook Link

काठमाडौं: चौंथो संस्करणको ललित स्मृति कप अन्डर एट्टिन च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको फाइनलमा एन्फा कम्प्लेक्समा हुने फाईनल खेल नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लब खेल्न लागेका हन् । यी दुईबिचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ ।

ब्रिगेड ब्वाईज क्लब यस प्रतियोगिताको साबिक विजेता हो भने पुलिस क्लब पहिलो पटक फाईनल खेल्दैछ । पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएर फाइनल पुगेको हो भने ब्रिगेडले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेड लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ । पुलिस पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

ब्रिगेड प्रतियोगितामा अपराजित यात्रा गर्ने एक मात्र टोलि हो । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...