Health Ad
YouTube Link

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मलेसियासँग दोस्रो तथा अन्तिम टी-ट्वान्टी खेल्दै

Khanepani Dhal
Facebook Link

काठमाडौं: मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोली मलेसियासँग दोस्रो तथा अन्तिम टी-ट्वान्टी खेल खेल्दैछ ।

दुई खेलको टी-ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिनस्वीप’ गर्ने ऐतिहासिक अवसर छ । दोस्रो खेल मलेसियाको किनरारा ओभलमा नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको एक सय २९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितका कप्तान पारस खड्काले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो । मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपालले मलेसियासँग आइतबार दोस्रो टी-ट्वान्टी खेल्नेछ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले पहिलो खेल कतारसँग खेल्नेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...