YouTube Link

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मलेसियासँग दोस्रो तथा अन्तिम टी-ट्वान्टी खेल्दै

Facebook Link

काठमाडौं: मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोली मलेसियासँग दोस्रो तथा अन्तिम टी-ट्वान्टी खेल खेल्दैछ ।

दुई खेलको टी-ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिनस्वीप’ गर्ने ऐतिहासिक अवसर छ । दोस्रो खेल मलेसियाको किनरारा ओभलमा नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको एक सय २९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितका कप्तान पारस खड्काले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो । मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपालले मलेसियासँग आइतबार दोस्रो टी-ट्वान्टी खेल्नेछ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले पहिलो खेल कतारसँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...