YouTube Link

सुपर ओभरमा न्युजिल्यान्डलाई हराउँदै इङ्ल्यान्डद्वारा पहिलो पटक आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमाथि कब्जा

Facebook Link

काठमाडौं: आयोजक राष्ट्र इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । आईतबार भएको फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इङ्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफी उचालेको हो ।

सुपर ओभरमा इङ्ल्यान्डले जस्तै न्युजिल्यान्डले पनि १५ रन नै बनाए पनि बढी बाउन्ड्री हिर्काएको आधारमा इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्यो । सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हिर्कायो भने न्युजिल्यान्डले एक छक्का मात्र प्रहार गर्न सक्यो ।

सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचालेको हो । सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो । त्यस लगत्तै सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो । विश्वकपको १२औं संस्करणअघि अस्ट्रेलियाले कीर्तिमानी पाँचौं पटक उपाधि जितेको छ । यसैगरी भारत र वेस्ट इन्डिजले दुई-दुई पटक विश्वकप ट्रफी उचाल्दा पाकिस्तान र श्रीलंकाले एक-एक पटक उपाधि जितेका छन् ।

न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा नौ विकेट गुमाएर २४१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्स र जस बटलरले अर्धशतकीय पाली खेले । ८६ रनमा चार विकेट गुमाइसकेको अवस्थामा स्टोक्स र बटलरले ११० रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । स्टोक्सले अविजित ८६ र बटलरले ५९ रन बनाए । यसैगरी जोनी बेयरस्टले ३६, जासन रोयले १७ र कप्तान इयोन मोर्गनले नौ रन बनाए। न्युजिल्यान्डका लुकी फर्गुसन र जेम्स निसामले तीन-तीन विकेट लिए ।

यस्तै म्याट हेनरी र कोलिन डे ग्रान्डहोमले एक-एक विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४१ रनको योगफल बनाएको थियो । न्युजिल्यान्डका हेनरी निकोल्सले अर्धशतकीय पालि खेले । उनले ७७ बलमा चार चौकाको मद्दतमा ५५ रन बनाए । यसैगरी टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, जेम्स निसाम र मार्टिन गप्टिलले समान १९, कोलिन डे ग्रान्डहोमले १६ र रस टेलरले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वाक्स र लियाम प्लुनकेटले तीन-तीन विकेट लिए । यसैगरी जोफरा आर्चर र मार्क उडले एक-एक विकेट हात पारे । प्रतियोगितामा कुल ५ सय ७८ रन बनाउन सफल न्युजिल्यान्डका कप्तान विलियम्सन उत्कृष्ट खेलाडी घोषित भए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...