Texas College
YouTube Link

सुपर ओभरमा न्युजिल्यान्डलाई हराउँदै इङ्ल्यान्डद्वारा पहिलो पटक आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमाथि कब्जा

Facebook Link

काठमाडौं: आयोजक राष्ट्र इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । आईतबार भएको फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इङ्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफी उचालेको हो ।

सुपर ओभरमा इङ्ल्यान्डले जस्तै न्युजिल्यान्डले पनि १५ रन नै बनाए पनि बढी बाउन्ड्री हिर्काएको आधारमा इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्यो । सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हिर्कायो भने न्युजिल्यान्डले एक छक्का मात्र प्रहार गर्न सक्यो ।

सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचालेको हो । सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो । त्यस लगत्तै सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो । विश्वकपको १२औं संस्करणअघि अस्ट्रेलियाले कीर्तिमानी पाँचौं पटक उपाधि जितेको छ । यसैगरी भारत र वेस्ट इन्डिजले दुई-दुई पटक विश्वकप ट्रफी उचाल्दा पाकिस्तान र श्रीलंकाले एक-एक पटक उपाधि जितेका छन् ।

न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा नौ विकेट गुमाएर २४१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्स र जस बटलरले अर्धशतकीय पाली खेले । ८६ रनमा चार विकेट गुमाइसकेको अवस्थामा स्टोक्स र बटलरले ११० रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । स्टोक्सले अविजित ८६ र बटलरले ५९ रन बनाए । यसैगरी जोनी बेयरस्टले ३६, जासन रोयले १७ र कप्तान इयोन मोर्गनले नौ रन बनाए। न्युजिल्यान्डका लुकी फर्गुसन र जेम्स निसामले तीन-तीन विकेट लिए ।

यस्तै म्याट हेनरी र कोलिन डे ग्रान्डहोमले एक-एक विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४१ रनको योगफल बनाएको थियो । न्युजिल्यान्डका हेनरी निकोल्सले अर्धशतकीय पालि खेले । उनले ७७ बलमा चार चौकाको मद्दतमा ५५ रन बनाए । यसैगरी टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, जेम्स निसाम र मार्टिन गप्टिलले समान १९, कोलिन डे ग्रान्डहोमले १६ र रस टेलरले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वाक्स र लियाम प्लुनकेटले तीन-तीन विकेट लिए । यसैगरी जोफरा आर्चर र मार्क उडले एक-एक विकेट हात पारे । प्रतियोगितामा कुल ५ सय ७८ रन बनाउन सफल न्युजिल्यान्डका कप्तान विलियम्सन उत्कृष्ट खेलाडी घोषित भए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...