YouTube Link

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

Facebook Link

काठमाडौं: आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको म्यानचेष्टरथित ओल्ड ट्राफोड क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

दुबै टोलीको लक्ष्य फाइनलमा पुग्ने रहनेछ । आजको खेलको विजेताले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्ने छन् । दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ । पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्युजिल्याण्डले १ खेल जितेको छ । एक खेल नतिजा विहीन बनेको थियो । विश्वकप इतिहाँसमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन् । यसै विश्वकपको लिग चरणको खेलमा पनि दुई टोलीबीच खेल भएको थिएन् । बर्षाले प्रभावित गर्दा दुई टोलीबीचको खेल रद्द भएको थियो ।

विश्वकपको हेड टु हेडमा भने भारत भन्दा न्युजिल्याण्ड अघि रहेको छ । यी दुई टोली हालसम्म आठ पटक विश्वकपमा आमने सामने भएका छन् । जसमा न्युजिल्याण्ड चार पटक भारतमाथि हावी भएको छ भने भारतले तीन खेल जित्दा एक खेल नतिजाविहीन भएको थियो । जारी विश्वकपमा भारतले नौ खेलमा सात खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो । समान खेल खेलेको न्युजिल्याण्डले पाँच खेलमा जित हात पर्दा पाकिस्तानसँग नेट रन रेटको आधारमा सेमिफाइनल प्रवेश गरेको थियो ।

यस विश्वकपमा भारतका रोहित शर्मा उत्कृष्ट लयमा रहेका छन् । उनी विश्वकपमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान रोहित हुन् । उनले आठ ईनिङ्समा ६ सय ४७ रन बनाएका छन् । जसमा उनले पाँच शतक र एक अर्धशतक प्रहार गरेका छन् । यस्तै न्युजिल्याण्डका लोकी फिर्गुसनले जारी विश्वकपको सात खेलमा १७ विकेट हात पारेका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका छन् । बिहिबार दोस्रो सेमिफाइनल खेलमा अष्टेलिया र इङल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...