Health Ad
YouTube Link

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको म्यानचेष्टरथित ओल्ड ट्राफोड क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

दुबै टोलीको लक्ष्य फाइनलमा पुग्ने रहनेछ । आजको खेलको विजेताले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्ने छन् । दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ । पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्युजिल्याण्डले १ खेल जितेको छ । एक खेल नतिजा विहीन बनेको थियो । विश्वकप इतिहाँसमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन् । यसै विश्वकपको लिग चरणको खेलमा पनि दुई टोलीबीच खेल भएको थिएन् । बर्षाले प्रभावित गर्दा दुई टोलीबीचको खेल रद्द भएको थियो ।

विश्वकपको हेड टु हेडमा भने भारत भन्दा न्युजिल्याण्ड अघि रहेको छ । यी दुई टोली हालसम्म आठ पटक विश्वकपमा आमने सामने भएका छन् । जसमा न्युजिल्याण्ड चार पटक भारतमाथि हावी भएको छ भने भारतले तीन खेल जित्दा एक खेल नतिजाविहीन भएको थियो । जारी विश्वकपमा भारतले नौ खेलमा सात खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो । समान खेल खेलेको न्युजिल्याण्डले पाँच खेलमा जित हात पर्दा पाकिस्तानसँग नेट रन रेटको आधारमा सेमिफाइनल प्रवेश गरेको थियो ।

यस विश्वकपमा भारतका रोहित शर्मा उत्कृष्ट लयमा रहेका छन् । उनी विश्वकपमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान रोहित हुन् । उनले आठ ईनिङ्समा ६ सय ४७ रन बनाएका छन् । जसमा उनले पाँच शतक र एक अर्धशतक प्रहार गरेका छन् । यस्तै न्युजिल्याण्डका लोकी फिर्गुसनले जारी विश्वकपको सात खेलमा १७ विकेट हात पारेका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका छन् । बिहिबार दोस्रो सेमिफाइनल खेलमा अष्टेलिया र इङल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...