YouTube Link

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

Facebook Link

काठमाडौं: मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन सबैजसो मन्त्रीहरु सिंहदरबार पुगिसकेका छन् ।

प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकका एजेण्डाहरु गोप्य राखिएको भएपनि भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणबारे उठेका विषयमा छलफल गर्न लागिएको स्रोतले जनाएको छ । विभिन्न मन्त्रालयसँग सरोकार राख्ने विषादी परीक्षणको विषयमा मन्त्रीहरुका समेत फरक-फरक धारणा सार्वजनिक भएको, संसद र संसदीय समितिमा चर्को रुपमा सरकारमाथि प्रश्नहरु उठाइएको जस्ता विषयले प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाएर छलफल गर्न बाध्य बनाएको बुझिएको छ । मन्त्रीहरुसँग गम्भीर रुपमै छलफल गर्ने गरी बैठक बोलाइएको बुझिएको छ ।

केही समयदेखि सरकारका कदमहरु लगातार विवादित बन्दै गएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ । मन्त्रीहरुको कार्यप्रगतिमा प्रधानमन्त्री अनसन्तुष्ट रहँदै आएको र मन्त्रिपरिषद्‌का सदस्य हेरफेर तथा केहीको बिदाइ हुने सम्भावना समेत रहेको बताइएको थियो ।

मन्त्रीहरुको हेरफेर हुने विषयमा अड्कलबाजी चलिरहँदा केही मन्त्रीले सार्वजनिक रुपमै आफूलाई पद त्याग्न कुनै समस्या नरहेको पनि बताउँदै आएका थिए । यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०५:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

वि.सं.२०८२ असार २७ शुक्रवार १२:५०

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम...

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वि.सं.२०८२ असार २७ शुक्रवार १२:३६

काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि...

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

वि.सं.२०८२ असार २६ बिहीवार १४:३०

काठमाडौं: गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपालको अर्थतन्त्र चार...

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

वि.सं.२०८२ असार २६ बिहीवार १४:११

काठमाडौं: नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले...

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...