YouTube Link

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

Facebook Link

काठमाडौं: मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन सबैजसो मन्त्रीहरु सिंहदरबार पुगिसकेका छन् ।

प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकका एजेण्डाहरु गोप्य राखिएको भएपनि भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणबारे उठेका विषयमा छलफल गर्न लागिएको स्रोतले जनाएको छ । विभिन्न मन्त्रालयसँग सरोकार राख्ने विषादी परीक्षणको विषयमा मन्त्रीहरुका समेत फरक-फरक धारणा सार्वजनिक भएको, संसद र संसदीय समितिमा चर्को रुपमा सरकारमाथि प्रश्नहरु उठाइएको जस्ता विषयले प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाएर छलफल गर्न बाध्य बनाएको बुझिएको छ । मन्त्रीहरुसँग गम्भीर रुपमै छलफल गर्ने गरी बैठक बोलाइएको बुझिएको छ ।

केही समयदेखि सरकारका कदमहरु लगातार विवादित बन्दै गएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ । मन्त्रीहरुको कार्यप्रगतिमा प्रधानमन्त्री अनसन्तुष्ट रहँदै आएको र मन्त्रिपरिषद्‌का सदस्य हेरफेर तथा केहीको बिदाइ हुने सम्भावना समेत रहेको बताइएको थियो ।

मन्त्रीहरुको हेरफेर हुने विषयमा अड्कलबाजी चलिरहँदा केही मन्त्रीले सार्वजनिक रुपमै आफूलाई पद त्याग्न कुनै समस्या नरहेको पनि बताउँदै आएका थिए । यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...