YouTube Link

हङकङमा सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन झन सशक्त बन्दै

Facebook Link

एजेन्सी: हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि विधेयकको विरोधमा सुरु भएको प्रदर्शन झन सशक्त बन्दै गएको छ । सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल-वे सेवा नै अबरुद्ध गरेर प्रदर्शन गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेल वे स्टेसनमा धर्ना दिई चीन जाने रेल रोकेपछि सयौं यात्रु अलपत्र परेका थिए । हङकङको मुख्य शहरमा भेला भएका प्रदर्शनकारीले प्रहरीले दमन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी आत्म सुरक्षाका लागि छातासहित प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।

झडपका क्रममा केही प्रदर्शनकारी घाईते भएका थिए । हङकङमा केही सातादेखि सुपुर्दगीसम्बन्धी विधेयकका विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शन चर्किँदै गएपछि हङकङ सरकारले प्रदर्शनका तस्बिर सामाजिक सञ्जालमा राख्न रोक लगाएको थियो । त्यसपछि प्रदर्शनकारीहरु झन् आक्रोसित बनेका छन् । उनीहरुले विधेयक संसद्बाट स्थगित गरे पनि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने र विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै आएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...