Health Ad
YouTube Link

ब्राजिलले जित्यो कोपा अमेरिका-२०१९ को उपाधि

Khanepani Dhal
Facebook Link

एजेन्सी: ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो ।

प्रतियोगितामा ४४ बर्षपछि फाईनल पुगेको पेरु उपाधि जित्नबाट बञ्चित रह्यो । ब्राजिललाई १२बर्षपछि कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि ब्राजिलले फाईनल खेलमा सहज जित दर्ता गरेको हो । खेलको १५औ मिनेटमा सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पाओलो गुरेरोले ४४औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए ।

पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ को स्थितीमा पुर्याएका थिए । ७०औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । तर खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए । ब्राजिलले नवौ पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ । सन् २०१६ को ओलम्पिक खेलमा स्वर्ण जितेपछि ब्राजिलको यो पहिलो उपाधि हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...