YouTube Link

नेदरल्याण्डलाई हराउँदै अमेरिकाले जित्यो फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि

Khanepani Dhal
Facebook Link

एजेन्सी: अमेरिकाले फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि जितेको छ । चौथो पटक च्याम्पियन बन्ने क्रममा साविक विजेता अमेरिकाले युरोपियन च्याम्पियन नेदर्लयाण्ड्सलाई २-० ले पराजित गरेको हो ।

फ्रान्सको लिओन स्टेडियममा आइतवार भएको फाइनलमा अमेरिकाले दुवै गोल दोस्रो हाफमा १० मिनेटको अन्तरमा गरेको थियो । ६१औं मिनेटमा कप्तन मेगान रापिनोले पेनाल्टीमा पहिलो गोल गरिन् । सुरुमा रेफ्रीले पेनाल्टी नदिएपनि भिआरको मद्दतमा पेनाल्टी दिइन् र त्यसमा मेगानले कुनै गल्ती गरिनन् । ६९औं मिनेटमा रोस लाभेलेल अमेरिकाको लागि दोस्रो गोल गरिन् । अमेरिका जर्मनीपछि उपाधि रक्षा गर्ने पहिलो टिम समेत बनेको छ ।

सन् २००३ र २००७ मा जर्मनीले लगातार दुई पटक उपाधि जितेको थियो । २०१५ र २०१९ मा अमेरिकाले लगातार उपाधि जित्दै जर्मनीको उक्त उपलब्धी बराबरी गरेको छ । सन् १९९१ को पहिलो संस्करण जितेको अमेरिकाले १९९९ को तेस्रो संस्करण पनि जितेको थियो । अहिलेसम्म भएका ८ संस्करणमध्ये ४ पटक अमेरिका च्याम्पियन बन्दा जर्मनीले २ तथा नर्वे र जापानले १-१ पटक उपाधि जितेका छन् ।

यसैबीच च्याम्पियन टोलीकी कप्तान मेगान रापिनोले प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितिन् । उत्कृष्ट वापत उनले गोल्डेन बल जितिन् भने सर्वाधिक ६ गोलसहित ३ असिस्ट समेत गरेकी उनले गोल्डेन बल पनि पाइन् । यस्तै फाइनलमा दुई गोल खाएपनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी डच गोलकिपर सारी भान भेनेन्डले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स पाइन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...