YouTube Link

नेदरल्याण्डलाई हराउँदै अमेरिकाले जित्यो फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि

Facebook Link

एजेन्सी: अमेरिकाले फिफा महिला विश्वकप फुटबल २०१९ को उपाधि जितेको छ । चौथो पटक च्याम्पियन बन्ने क्रममा साविक विजेता अमेरिकाले युरोपियन च्याम्पियन नेदर्लयाण्ड्सलाई २-० ले पराजित गरेको हो ।

फ्रान्सको लिओन स्टेडियममा आइतवार भएको फाइनलमा अमेरिकाले दुवै गोल दोस्रो हाफमा १० मिनेटको अन्तरमा गरेको थियो । ६१औं मिनेटमा कप्तन मेगान रापिनोले पेनाल्टीमा पहिलो गोल गरिन् । सुरुमा रेफ्रीले पेनाल्टी नदिएपनि भिआरको मद्दतमा पेनाल्टी दिइन् र त्यसमा मेगानले कुनै गल्ती गरिनन् । ६९औं मिनेटमा रोस लाभेलेल अमेरिकाको लागि दोस्रो गोल गरिन् । अमेरिका जर्मनीपछि उपाधि रक्षा गर्ने पहिलो टिम समेत बनेको छ ।

सन् २००३ र २००७ मा जर्मनीले लगातार दुई पटक उपाधि जितेको थियो । २०१५ र २०१९ मा अमेरिकाले लगातार उपाधि जित्दै जर्मनीको उक्त उपलब्धी बराबरी गरेको छ । सन् १९९१ को पहिलो संस्करण जितेको अमेरिकाले १९९९ को तेस्रो संस्करण पनि जितेको थियो । अहिलेसम्म भएका ८ संस्करणमध्ये ४ पटक अमेरिका च्याम्पियन बन्दा जर्मनीले २ तथा नर्वे र जापानले १-१ पटक उपाधि जितेका छन् ।

यसैबीच च्याम्पियन टोलीकी कप्तान मेगान रापिनोले प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितिन् । उत्कृष्ट वापत उनले गोल्डेन बल जितिन् भने सर्वाधिक ६ गोलसहित ३ असिस्ट समेत गरेकी उनले गोल्डेन बल पनि पाइन् । यस्तै फाइनलमा दुई गोल खाएपनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी डच गोलकिपर सारी भान भेनेन्डले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स पाइन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...